
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरिएको छ । समाजवादी प्रेस संगठन नेपालले तीन बुँदे माग अघि सार्दै महासंघको कैलाली शाखामा तालाबन्दी गरेको हो ।
नेपाल पत्रकार महासंघ सदस्यता शुद्धीकरणको प्रक्रियालाई आगामी कार्यकालको कार्यभारको रुपमा परिभाषित गर्दै तत्कालका लागि स्थगित गर्नुपर्ने, नयाँ सदस्यको हकमा जिल्लामा सर्वसम्मत भएका, उपत्यकाको हकमा रसिद समेत काटिसकेका पत्रकारलाई मतदाता कायम गर्नुपर्ने र यो प्रक्रियाका लागि आवश्यक समय छुट्याएर महासंघको नयाँ निर्वाचनको मिति अविलम्ब तोक्नुपर्ने भन्दै पत्रकार महासंघ कैलाली शाखामा बुधबार तालाबन्दी गरिएको हो
माग पुरा नभएसम्म तालाबन्दी कायमै रहने समाजवादी प्रेस संगठन कैलालीका अध्यक्ष लक्ष्मी जैसीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij