
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करणी गरेको अभियोगमा प्युठान नगरपालिका-७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगी रहेका छन ।
मेघराजले ती किशोरीलाई सोही ठाउँस्थित गौरा जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij