
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी हराएको सूचना महासंघको कार्यालयमा नै टाँसिएको छ ।
सूचनामा गैर पत्रकारलाई सदस्यता वितरण गरेको दिन २०८१ भदौ २९ गतेदेखि हराएको भन्दै भेट्नु हुने महानुभावले आफ्नो नजिकको क्रियाशील पत्रकार वा पत्रकार महासंघको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
पत्रकार महासंघले भदौ २९ गते असोज १२ गते महासंघको निर्वाचन गर्ने गरी निर्वाचन कार्यतालिका र मतदाता नामावली सार्वजनिक गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij