Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बैठक अपराहन्न १ बजेका लागि बोलाइएको छ ।

    images
    images
    images

    आजको बैठकमा समितिको प्रतिवेदन पेश गर्ने र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    images

    आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका माननीय सभापति बिमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने कार्यसूची रहेको छ ।

    images

    त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको “शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथी छलफल गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने 'नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्' भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij