Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस

  • काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्ति दिने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले सम्भवतः पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्नेछ ।

    images
    images
    images
    तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै पालामा गठित सिफारिस समितिले सार्वजनिकरुपमा आवेदन मागेर लिखित तथा मौखिक प्रस्तुतिका आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो ।

    तत्कालीन सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित समितिले संगीता पहाडी, अनिल झा र शालिग्राम आचार्यको नाम सिफारिस गरेकोमा नयाँ मन्त्री पृथ्वी सुब्बा गुरुङले सोही प्रस्ताव मन्त्रिपरिषदमा लगेका छन् ।

    पहिलेको सिफारिस फेरबदल गर्दा वा समिति नै भंग गरेर नयाँ बनाएर विवाद निम्त्याउने पक्षमा सरकार नरहेको बताइएको छ । टेलिकमका कर्मचारी युनियनहरूले दबाब दिए पनि सरकार अनावश्यक विवादमा मुछिने पक्षमा छैन ।

    टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी कार्यवाहक थिइन् ।

    महिलालाई नै प्रबन्ध निर्देशक बनाउँदा राम्रो सन्देश जाने र उनी टेलिकमकै कर्मचारी भएका कारण पनि पहाडीको नियुक्ति हुन लागेको बताइएको छ ।

    पहाडीले टेलिकमको व्यवस्थापनमा राम्रो काम गरेको र विवादमा नपरेका कारण पनि उनलाई नै प्रबन्ध निर्देशक बनाउने तयारी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij