
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । पोखरा महानगरपालिका–१७ मा स्कूल बस दुर्घटनामा परेको छ ।
शुक्रबार दिउँसो न्यू मोडेल सेकेन्डरी स्कूलको बस आँखा अस्पताल चोकस्थित घारिपाटन भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडकबाट तल खसेर रोकिराखेको ट्याक्सीमाथि बस झरेको थियो ।
उक्त बसमा लगभग २५ जना विद्यार्थी सवार थिए । उनीहरु सबै सकुशल रहेको तर चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij