Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

  • काठमाडौं । आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । ६० वर्षीय लाल बहादुर घिमिरे विकको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । 

    images
    images
    images

    हरिहरपुरगढी गाउँपालिका-७ पन्थचौरी लामपात बस्ने २१ वर्षीय अमृत घिमिरे विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अमृतले लाल बहादुरलाई सुतेको अवस्थामा बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । 

    यसबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वर र इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले अमृतलाई बन्चरोसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij