
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । वीरगन्जबाट चितवन जाँदै गरेको ट्रकलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।
भन्सार छलीको आशंकामा प्रहरीले बारा जितपुर सिमरा उपमहानगरपालिका- २१ अमलेखगन्ज चोकबाट सोमबार बिहान राति ना ३ख ३९५० नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो ।
बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले राति सवा १ बजे उक्त ट्रक नियन्त्रणमा लिएको हो ।
उक्त ट्रकमा ७१ लाख ६७ हजार ५३४ रुपैयाँ बराबरको कस्मेटिक, फेन्सी क्लोथ रेडिमेड, मिल पार्ट्सलगायतका खुद्रा सामान थिए । ट्रक रोकेर चेकजाँच गर्दा बिल बिजकभन्दा बढीको सामान भेटिएको र त्यसको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको सापकोटाले बताए ।
ट्रक र चालकलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा पठाइएको सापकोटाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij