Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

‘एयर किङ्ग्स प्लेसमेन्ट प्रालि’मा विभागले मार्यो छापा

‘एयर किङ्ग्स प्लेसमेन्ट प्रालि’मा विभागले मार्यो छापा

  • काठमाडौं । ललितपुर कुपण्डोलस्थित‘एयर किङ्ग्स प्लेसमेन्ट प्रालि’मा वैदेशिक रोजगार विभागले छापा मारेको छ । उक्त मेनपावर कम्पनीले नियम विपरीत संयुक्त अरब इमिरेट्सको दुबईमा कामदार पठाउन अन्तरवार्ता लिइरहेको उजुरीको आधारमा शुक्रबार नै विभागले छापा मारेको हो ।

    images
    images
    images

    दुबईको ‘स्पार्क सेक्युरिटी गार्ड’का लागि कामदारको माग भएको भन्दै कम्पनीले ललितपुरसहित देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयबाट धमाधम युवाहरु जम्मा गरेर ५ देखि ६ लाख रुपैयाँसम्म माग गरेको खुल्न आएको विभागले जनाएको छ । सो बारे मेनपावरको सम्पर्कमा आएका युवाहरूले विभागमा दिएको उजुरीका आधारमा छापा मारिएको हो ।

    छापा मारेर विभागको टोलीले कागजात, केही थान पासपोर्ट र कम्युटरसमेत नियन्त्रणमा लिएर गएको छ । विभागले छापा मारेसँगै तत्कालका लागि सो अन्तरवार्ता रोकिएको बताइएको छ । उसो त विभागले केही मेनपावरको पोखरा कार्यालयमा समेत छापा मारेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij