
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । दक्षिण ललितपुर महाँकाल गाँउपालिका क्षेत्रका किसानले कर तिर्नु पर्ने भएको छ । गाँउपालिकाले सूचना प्रकाशित गरेर साउन १ गतेबाट किसानले कर तिर्नु पर्ने जानकारी दिएको हो ।
गाँउपालिकाले गतबर्ष नै दुधमा कर लगाउने निर्णय गरेको थियो । करका विरुद्ध स्थानीय बासिन्दाले विरोध गर्दै आएका छन् । स्थानीय बासिन्दाले सरकारले देशभरका किसानलाई अनुदान दिएर उत्पादन गर्न प्रोत्साहन गरिरहेको अवस्थामा गाँउपालिकाले किसानलाई उल्टै कर उठाउने रणनीति लिएको भन्दै आलोचना गरेका छन् ।
गाँउपालिकाले किसानबाट सिधै कर भने नउठाउने बताएको छ । पालिकाभित्र सञ्चालित डेरीहरु दर्ता प्रकृयामा ल्याएर उनीहरुले किसानबाट लिएको दुध अनुसार कर उठाउन लगेको हो । दुग्ध व्यावसायीहरुमार्फत गाँउपालिकाले प्रतिलिटर २० पैसा कर असुल गर्दैछ ।
गाँउपालिकाले हरेक महिना पुरा भएको पहिलो साताभित्र कर बुझाउन र दर्ता प्रकृयामा नआएका दुध संकलन केन्द्र र डेरीलाई यथासिघ्र प्रकृयामा आउन सूचित गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij