Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

मंगलबजारबाट चाँदी चोरी

मंगलबजारबाट चाँदी चोरी

  • ललितपुर । मंगलबजारबाट चाँदीको भाँडाकुडा चोरी गर्ने युवक पक्राउ परेका छन् । ललितपुर महानगरपालिका मङ्गलबजारस्थित लक्ष्मण शंकरको चाँदीको पसलबाट चाँदी र चाँदीले बनेको भाँडाकुँडा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा प्रबिन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    बिगत १ महिनादेखि उक्त पसलमा काम गर्दै आएका राईले गत शनिबार चाँदी र चाँदीले बनेका भाँडाकुँडा चोरी गरी फरार भएका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनलाई उनको घरबाट पक्राउ गरेको हो ।

    साथै प्रहरीले उनको घरमा लुकाई छिपाई राखेको ४ किलो १ सय ८७ ग्राम २६ मिलिग्राम चाँदी र चाँदीले बनेका भाँडाकुँडा समेत बरामद गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij