Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सीएनआईका अध्यक्ष अग्रवाललाई पितृशोक

सीएनआईका अध्यक्ष अग्रवाललाई पितृशोक

  • काठमाडौं । नेपाल उद्योग परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाललाई पितृशोक परेको छ । उनका पिता श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

    images
    images
    images

    संविधानसभाको सभासद समेत रहेका अग्रवालको सानेपास्थित निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । व्यवसायिक घराना आरएमसी समूहका संस्थापक श्रवणकुमार अग्रवालले सन् १९९३ मा राजेश मेटल क्राफ्ट उद्योग सञ्चालनमा ल्याएका थिए ।

    उक्त समूहको आरएमसी सिमेन्ट, पाल्पा सिमेन्ट, आरएमसी फुड्सलगायतका उद्योग सञ्चालनमा छन् । मारवाडी सेवा समितिको अध्यक्षसमेत भएका स्वर्गीय अग्रवाल श्रीमती, एक छोरी, दुई छोरा छन् । दुवै छोरा राजेश र विष्णु सक्रिय व्यवसायमा छन् । 

    सामाजिक सेवा तथा धार्मिक कार्यहरुमा समेत सक्रिय श्रवण अग्रवालको आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij