
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । काठमाडौं धापासी हाइटमा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका–६ धापसी हाईट पिपलबोट चुनदेवी मन्दिर नजिकै विद्युतको काम गर्ने क्रममा करेन्ट लागेर काभ्रे घर भएका २० वर्षीय नबिन पहरीको बिहीबार दिउँसो मृत्यु भएको हो । सोही क्रममा २५ वर्षीय अनिल धामीका घाइते भएका छन् ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका दार्चुला घर भएका २५ वर्षीय अनिल धामीको सोही अस्पतालमा उपचार भइरहेको छ
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका जानकारी दिएकोे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij