
May 16 2025 | २०८२, जेठ २ गते
काठमाडौं । काठमाडौंको स्वयम्भू सडकमा यात्रा गरिरहेका बृद्धलाई ठक्कर दिएर बसका चालक फरार भएका छन् भने ती बृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार स्वयम्भू मुस्ताङ गुम्बा नजिक सडकमा बा.२ ख ५३२४ नम्बरको बसले ठक्करलाई पैदलयात्री दिएका थिए ।
काठमाडौं महानगरपालिका– १५ स्वतन्त्र मार्ग बस्ने मनाङ घर भएका ७६ वर्षीय छिमी दोर्जे गुरूङ ठक्कर दिएपछि मनमोहन अस्पताल उपचारका लगि लगिएको थियो ।
उपचारकै क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij