Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सेयर बजारमा उछाल

सेयर बजारमा उछाल

  • काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा उछाल आएको छ । मंगलबार नेप्से परिसूचक ७० दशमलव १८ अंकले बढेर २३१० दशमलव ५९ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    आज ३१५ कम्पनीको १ लाख १९ हजार ११ पटकको कारोबारमा २ करोड ५८ लाख ३६ हजार २ सय ८५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६ सय ४२ रुपैयाँ रहेको छ ।

    सेन्सेटिभ इन्डेक्स १२ दशमलव ३३ अंकले बढ्दा फ्लोट इन्डेक्स ५ दशमलव ०६ अंकले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स ४ दशमलव ३३ अंकले बढेको छ ।

    १३ उपसमूहमध्ये म्युचुअल फन्ड झिनो अंकले घट्दा निर्जीवन बीमा, जीवन बीमा, होटेल र पर्यटन, विकास बैंक सर्वाधिक बढेका छन् ।

    आज सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रीन विकास बैंक, अन्खु खोला जलविद्युत र मन्दाकिनी हाइड्रोपावरले १० प्रतिशतका दरले कमाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij