Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा देवेशप्रसाद लोहनी नियुक्त भएका छन् । लोहनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका हुन् ।
बैंकको असार ९ गते बसेको सञ्चालक समिति बैठकले उपकार्यकारी अधिकृत रहेका उनलाई रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको हो।
२०५१ सालमा कम्युटर प्रोग्रामर (तह ७) को रुपमा बैंक सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्सहरु पूरा गरेको बैंकले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij