
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्कँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।
शुक्रबार (आज) बिहान भारी वर्षापछि विमानस्थलको टर्मिनल–१ को छत भत्किएको हो। छतले केही ट्याक्सी र गाडी पनि थिचिएका छन्।
भारतीय नागरिक उड्डयनमन्त्री राममोहन नायडू घटनास्थल पुगेका छन्। घाइतेको उद्धार जारी छ। उनीहरुलाई दिल्ली इन्टरनेसनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले भारी वर्षाका कारण भवनको बाहिरी हिस्सा भत्किएको जनाएका छन्।
दिल्ली मौसम विभागका अनुसार पछिल्लो समय राष्ट्रिय राजधानी क्षेत्रमा भारी वर्षा भइरहेको छ। भारी वर्षाका कारण उडान रद्ध गरिएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij