Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आन्दोलनरत कवाड व्यवसायी र प्रहरीबीच झडप

आन्दोलनरत कवाड व्यवसायी र प्रहरीबीच झडप

  • काठमाडौं । कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिका घेराउ गर्न खोज्दा कवाडी व्यवसायी र प्रहरीबीच झडप भएको छ ।

    images
    images
    images

    काठमाडौं महानगरको डोजर आतंक बन्द गर भन्दै काठमाडौं प्लाजा कमलादी स्थीत महानगरपालीका घेराउन गर्न खोज्दा प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरी र व्यवसायीबीच झडप भएको हो । महानगरपालिका घेराउ गर्न प्रहरी रोकेपछि प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थिए ।

    त्यसपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपका कारण केहि प्रदर्शनकारी घाइते भएका छन् । कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध विरोध र्‍यालीसहित प्रदर्शन गरिएको थियो ।

    प्रदर्शनका क्रममा ठूलो संख्यामा प्रदर्शनकारी महानगर घेराउन गर्न पुगेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij