
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौ । मकवानपुरको राक्सिराङ गाउँपालिका–२ थुम्कीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । घरमै सुतिरहेको अवस्थामा आज बिहान ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेर मृत्यु भएको हो ।
चट्याङ लागेर घाइते भएका प्रजाको हेटौंँडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकको शव अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij