Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

आँप टिप्दा करेन्ट लागेर किशोरको मृत्यु

आँप टिप्दा करेन्ट लागेर किशोरको मृत्यु

  • काठमाडौं । धनगढीमा आँप टिप्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीका १६ वर्षीय विवेक खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घर नजिकै रहेको आँपको रुखमा फलामको रडले आँप टिप्ने क्रममा विद्युतको लाइनमा छुँदा खड्कालाई करेन्ट लागेको बताए ।

    images

    उनका अनुसार खड्कालाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij