Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

विधानसभा सांसद पदबाट यादवले दिए राजीनामा

विधानसभा सांसद पदबाट यादवले दिए राजीनामा

  • काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले कर्हलको सांसद पदबाट राजीनामा दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधवार कर्हल सिटको विधानसभा सदस्यताबाट राजीनामा दिएसँगै उनले कन्नौज लोकसभा सिटको सदस्यता कायम राख्ने निर्णय गरेका हुन् । यस चुनावमा उनले कन्नौज लोकसभा सीटबाट जितेका थिए ।

    AGNI GROUP

    कन्नौज सिटमा अखिलेश यादव १ लाख ७१ हजार मतले विजयी भएका थिए ।

    अखिलेश यादवले मंगलबार कर्हल विधानसभा सिटबाट राजीनामा दिने निर्णयमा भने, ‘मैले मंगलबार कर्हल र कन्नौज सिटका पार्टी कार्यकर्तालाई भेटेँ । मैले उनीहरूलाई भनेँ कि मैले दुई सिट जितेको छु त्यसैले एउटा छोड्नुपर्छ । म छिट्टै विधानसभा सिट छाड्ने बारे जानकारी दिनेछु ।’ 

    अखिलेश यादवजस्तै फैजाबाद सिट (अयोध्या यस सिट अन्तर्गत पर्छ) बाट समाजवादी पार्टीका उम्मेदवारका रूपमा चुनाव जितेका अवधेश प्रसादले पनि विधानसभाको सदस्यताबाट राजीनामा दिएका छन् । उनी मिल्कीपुरबाट विधायक थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट