
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । काठमाडौंको संकटा मन्दिर अगाडि एक बृद्ध मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२२ संकटा मन्दिर परिसरभित्र रहेको राजकृति महाविहार मन्दिरको ढोका अगाडि उनी मृत फेला परेका छन् ।
मृत फेला पर्ने बृद्ध दोलखा घर भएका ६१ वर्षीय डम्बरबहादुर नेपाली रहेको प्रहरीको भनाई छ । उनी मंगलबार मृत अवस्थामा फेला परेका थिए ।
घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij