Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सार्वजनिक पार्कमा चक्कु प्रहार

सार्वजनिक पार्कमा चक्कु प्रहार

  • काठमाडौं । चीनको एक सार्वजनिक पार्कमा अज्ञात आक्रमणकारीले चक्कु प्रहार गर्दा चार अमेरिकी विश्वविद्यालयका शिक्षक घाइते भएका छन् । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    कलेजले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “उत्तरी चीनको जिलिन प्रान्तको एउटा पार्कमा भएको गम्भीर दुर्घटनामा आयोवा कलेजका एक शिक्षक गम्भीर घाइते भएका छन् ।”

    AGNI GROUP

    आयोवा कलेजका प्रतिनिधि एडमले भने, “दुर्घटनामा घाइते भएका चार जनामध्ये मेरो भाइ एक हो । यो चक्कु प्रहार थियो ।”

    “मानिसहरूको समूह स्थानीय मन्दिरको दर्शन गर्न जाँदै थियो, त्यही क्रममा एक व्यक्तिले छुरी प्रहार गरे । मेरो भाइको हातमा चोट लागेको छ र उनको अस्पतालमा उपचार भइरहेको छ । हालसम्म उनी अस्पतालमा भर्ना छन् र उनको अवस्था सुधार भएको छ ।”

    अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बीबीसीलाई छुरा प्रहारको घटनाको रिपोर्ट प्राप्त भएको तर थप जानकारी उपलब्ध नभएको बताए ।

    ती चार जना शिक्षक चीनको एउटा विश्वविद्यालयमा साझेदारीमा अध्यापन गराउँदै आएको कलेजले जनाएको छ । यद्यपी चिनियाँ प्रशासनले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij