
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज र भोलि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय तनहुँका अनुसार आज बिहान १० बजेदेखि १ बजेसम्मका लागि राजमार्ग पूर्ण रुपमा बन्द गरिएको हो ।
यो समयमा दुवै तर्फबाट आएका सवारी साधन बीच बाटोमै रोकिएका छन् । आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने सडकखण्डको माथिका ढुंगा झार्नु परेकाले बाटो बन्द गरिएको कार्यालयले जनाएको छ ।
केही दिनअघि आएको हावाहुरीले ढुंगा झरेर सडक नै अवरुद्ध बनाएपछि सडकका माथिल्लो भागमा रहेका जोखिमपूर्ण ढुंगा हटाउनका लागि सडक बन्द गरिएको हो ।
भोलिसम्ममा सबै ढुंगाहटाइ सक्ने कार्यालयको योजना छ । सो सडकखण्डको वैकल्पिक बाटो पनि नभएकाले सो खण्डबाट चल्ने सवारी साधन रोकिनुको विकल्प छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij