काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी उजुरी दिने क्रम घट्दै गएको छ ।
स्थापनादेखि (२०६३ साल) आठ सय ५१ उजुरी यहाँ दर्ता भएकामा अधिकांश द्वन्द्वकालका उजुरी रहेका छन् । आयोगको प्रदेश कार्यालयका मानवअधिकार अधिकृत विदेशराम चौधरीले आयोगमा पछिल्ला वर्षहरुमा उजुरी दिने क्रम घट्दै गएको बताए ।
“पुराना र नयाँ गरी यस वर्ष २१ वटा मुद्दाको अनुसन्धान गरी प्रतिवेदनसहित क्षतिपूर्ति, कारबाहीलगायत सिफारिस केन्द्रीय आयोगमा पठाउँदै छौँ”, उनले भने, “चालु आर्थिक वर्षमा पाँचदेखि सात वटा उजुरी मात्रै यहाँ दर्ता भएका छन् ।”