
Aug 11 2025 | २०८२, साउन २६ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले बिगो बराबरको जमानत लिएर रिहा गर्न गरेको माग जिल्ला अदालत रुपन्देहीले अस्वीकार गरेको छ ।
उनले दायर गरेको निवेदनमा सोमबार भएको बहसपछि थुनामै पठाउने आदेश जारी भएको हो । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले उक्त आदेश जारी गरेसँगै रविका समर्थकहरु निराश भएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij