Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

भक्तपुरबाट ६९ लाख नेरुसहित चार चिनियाँं नागरिक पक्राउ

भक्तपुरबाट ६९ लाख नेरुसहित चार चिनियाँं नागरिक पक्राउ

  • काठमाडौं । भक्तपुर भातेढिकुरबाट प्रहरीले चारजना चिनियाँं नागरिक पक्राउ परेका छन् । भातेढुकुरस्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगातीतर्फ आउँदै गरेको बा. ७० प. २८७२ नं. को ट्याक्सी रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    स्रोत नखुलेको ६९ लाख पाँंच हजार नेपाली रुपैयाँं नियन्त्रणमा लिई उनीहरुलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । थप कारवाहीका लागि उनीहरुलाई आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाइएको परिसरका सूचना अधिकृत राजन कार्कीले जनाए ।

    images

    पक्राउ पर्नेहरुमा चिनियाँं नागरिक भई काठमाडौ बस्ने वर्ष ३२ को छयाग युन, वर्ष ५० को छिग छियालिग, वर्ष २४ को क्यो हावरण र वर्ष ३६ को डेना लाइयू रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij