
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । काठमाडौं दक्षिणकालीमा मोटरसाइकल सहित सडकबाट खसेर मृत्यु भएका दुवै जनाको परिचय खुलेको छ ।खोँचमा भेटिएका धादिङको सिद्धलेख गाउँपालिका–५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका –५ भक्तपुर बस्ने ३२ बर्षिया सरिता राई भएको खुलेको छ ।
केही दिन अगाडी मोटरसाइकलमा सवार उनीहरु दक्षिणकाली नगरपालिकाको वडा नम्वर ८ मा रहेको केराबारीको खोँचमा खसेका थिए ।
उनीहरु प्रदेश–३–०२–००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकलसहित सडकबाट झण्डै २ सय मिटर तल खसेको अवस्थामा भेटिएका हुन् । विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट खटिएको टोलीले घटनास्थलबाट शव निकालेको छ ।
घटनास्थलबाट क्षतिग्रस्त अवस्थामा मोटरसाइकल भेटिएको छ । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij