
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । ललितपुर फुल्चोकी–नौधारा सडकखण्डमा हिलो बाटोमै कमसल कालोपत्रे गरिएको पाइएको छ । हिलोमै कालोपत्रे गरेको पाइएपछि गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरेले भत्काइदिएका छन् ।
हिलो माटोमा कालोपत्रे नगर्न आग्रह गर्दा पनि अटेरी गरेको र त्यसमा पनि कमसल कालोपत्रे प्रयोग भएको पाएपछि आफूहरुले भत्काइदिएको वडाध्यक्ष घिमिरेले बताए ।
सडक विभागले उक्त सडकखण्डअन्तर्गत १८ करोड रुपैयाँमा कालोपत्रेसहित सडक सुधारको काम गरिरहेको छ । हिलो कालोपत्र नगर्न पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि आफूहरुले भत्काइदिएको वडाध्यक्ष घिमिरेको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij