Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

काठमाडौंमा मदिराको नशामा श्रीमती र ३ छोरीहरूलाई मट्टीतेल खन्याएर आगो लगाए

काठमाडौंमा मदिराको नशामा श्रीमती र ३ छोरीहरूलाई मट्टीतेल खन्याएर आगो लगाए

  • काठमाडौं । काठमाडौं चाबहिलमा एक पुरुषले मादक पदार्थ सेवन गरी श्रीमती र ३ छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् ।

    images
    images
    images

    चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्ञलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।

    images

    काठमाडौं प्रहरी वृत्त, गौशालाका डीएसपी केशव थेबेका अनुसार सिंहले श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएका थिए ।

    डीएसपी थेबेका अनुसार आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।

    २४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको छ । १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij