
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । काठमाडौँ ताकेश्वर नगरपालिका-८ मा सोमबार चोरी भएको छ । जरङ्खु गौरीगाउँ डेरा गरी बस्ने २६ वर्षीया सपना डङ्गोलको कोठाबाट कोही नभएको अवस्थामा चोरी भएको हो ।
प्रहरीका अनुसार ७ तोला बराबरको सुनका विभिन्न गरगहना चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij