Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

काठमाडौंमा ट्याक्सी चालकसँग मिलेर यात्रु लुटपाट

काठमाडौंमा ट्याक्सी चालकसँग मिलेर यात्रु लुटपाट

  • काठमाडौं । ट्याक्सी चालकसँग मिलेर यात्रु लुटपाटमा संलग्न रहेको आरोप लागेकी एक युवती पक्राउ परेकी छिन् । लुटपाटमा संलग्न युवतीसहित लुटिएको सिक्री बेच्न सहयोग गर्ने र किन्ने गरी तीन जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    images
    images
    images

    पक्राउ पर्नेहरुमा ट्याक्सीका यात्रुको गलाको सिक्रि थुत्ने गोरखा घर भई काठमाडौं कपुरधारा बस्दै आएकी २८ वर्षीया उषा विष्ट, चोरीको सिक्री बेच्न सहयोग गर्ने सर्लाहीका रामहरि खड्का र सिक्री किन्ने सोही ठेगानाका ३७ वर्षीय हरि शंकर चौधरी छन् ।

    images

    ३० वैशाख दिउँसो ३:१५ बजेतिर सुन्धाराबाट ट्याक्सी चढेका कविराज नेपालीको गलाको सिक्रि सोही ट्याक्सीमा सवार युवती विष्टले लुटेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij