Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

मुगुमा यार्सागुम्बा टिप्न गएका पाँच जनाको लेक लागेर मृत्यु

मुगुमा यार्सागुम्बा टिप्न गएका पाँच जनाको लेक लागेर मृत्यु

  • काठमाडौं । मुगु पाटन क्षेत्रमा यार्चागुम्बा टिप्न गएका पाँच जनाको लेक लागेर मृत्यु भएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१२ सोभा गाउँका २९ वर्षीय मुनबहादुर बुढा, सोही वडाको कम्फा गाउँका २१ वर्षीय सोबान बुढा, सोही वडाका २४ वर्षीय राजबहादुर सावत र वडा नं. १० का २० वर्षीय देवराज बुढा छन् ।

    images

    यार्सा टिप्ने क्रममा लेक लागेर उनीहरुको ज्यान गएको मुगु छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुबहादुर भामले जानकारी दिए ।

    यसअघि जुम्ला पातारासी गाउँपालिका–३ का अन्दाजी २६ वर्षीय सुर्ज रावतको मृत्यु भएको मुगुम कार्मारोङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बलीराज बुढाले बताए ।

    ‘पाटनमा यार्सागुम्बा टिप्न जाँदा लेक लागेर सिकिस्त बिरामी भई उपचारको निम्ति मुगु स्वास्थ्य चौकी, सिरानचौर र चितैकुना उपचार केन्द्रमा ल्याइएका पाँच सय २६ जना बिरामीलाई औषधि उपचार गरिएको छ ।’ उनले भने, ‘उपचारपछि कोही पाटनतर्फ, कोही घरतिर पठाइएको छ ।’

    लेक लागेर बिरामी भएका पाँच सय २६ जनामध्ये दुई सय २३ महिला र तिन सय तिन पुरुष रहेको जनस्वास्थ्य निरिक्षक बुढाले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij