Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था

अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था

  • काठमाडौं । अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो ।

    images
    images
    images

    अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ । 
    अध्यागनका कर्मचारी र अन्य निकायका कर्मचारी छुट्याउन कठिनाइ भएकाले सरोकार भएकासँग समन्वय गरी पोसकको व्यवस्था गरिएको विभागले जनाएको छ ।

    images

    विमानस्थलमा हुने कमीकमजोरी तथा भ्रष्टाचारको भागिदार अध्यागमनका कर्मचारी बन्न नपरोस् भनेर पोसकको व्यवस्था गरिएको विभागको भनाइ छ ।अध्यागमन विभागले सिफारिस गरेको कर्मचारीको पोसकबारे गृह मन्त्रालयले स्वीकृत गरेको हो । गृहमन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएसँगै अध्यागमन विभाग र मातहतका सबै कर्मचारीले अनिवार्य तोकिएको पोसाक लगाउनुपर्ने गृह सचिव एकनारायण अर्यालले बताए ।

    निजामती कर्मचारीको छुट्टै पोसाक तोकिएको भन्दै अर्यालले विमानस्थलमा कार्यरत कर्मचारीका लागि पनि छुट्टै पोसाक हुनुपर्ने सुझावपछि गृह मन्त्रालयले अध्यागमन अधिकारीका लागि सो व्यवस्था गरेको मन्त्रालयले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij