Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालन

ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालन

  • काठमाडौं । धनुषाको ढल्केबरमा मालपोत र नापी कार्यालय सञ्चालनमा आएको छ । सो कार्यालयको आज राष्ट्रियसभाका सदस्य आनन्दप्रसाद ढुंगाना र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले संयुक्त रुपमा उद्घाटन गरे ।

    images
    images
    images

    दुवै कार्यालयमा जग्गासम्बन्धी कामकाज आजैदेखि सुरु भएको छ । राष्ट्रियसभा सदस्य ढुंगानाले संघीयताको भावनाअनुसार जनतालाई आफ्नै ठाउँबाट सहज रुपमा सेवा दिने उद्देश्यले ढल्केबर मालपोत र नापी कार्यालयको स्थापना भएको बताएका छन् ।

    images

    कार्यालय सञ्चालनमा आउँदा धनुषाको उत्तरपूर्वका नागरिकलाई जग्गासम्बन्धी काम गराउन सुविधा पुग्ने छ । जनताको कामसँग प्रत्यक्ष जोडिएको यस कार्यालयलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गर्दै उनले चुस्तदुरुस्त भएर सेवा प्रदान गर्न सुझाव दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij