Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

उपचारका लागि कांग्रेस नेता सिंह दिल्ली प्रस्थान

उपचारका लागि कांग्रेस नेता सिंह दिल्ली प्रस्थान

  • काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह थप उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गरेका छन् । शुक्रबार दिउँसो नेता सिंह प्रोस्टेटको उपचारका लागि दिल्ली गएका हुन् । 

    images
    images
    images

    वीर अस्पताल तथा अन्य अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम उपचारका लागि दिल्ली गएको उनको सचिवालयले जनाएको छ । नेता सिंह यसअघि वैशाख १२ गते दिल्ली गएका थिए । 

    उपचारका क्रममा प्रोस्टेट पुष्टि भएपछि अप्रेसनका लागि सिंह शुक्रबार दिल्ली उठेका छन् । नेता सिंहका स्वकीय सचिव युपी लामिछानेका अनुसार सिंह शनिबार अस्पताल भर्ना हुने र २१ गते अप्रेसन हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij