Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

जनकपुर घुम्न आएका बर्दिबासका ३ बालिका सम्पर्कविहिन

जनकपुर घुम्न आएका बर्दिबासका ३ बालिका सम्पर्कविहिन

  • काठमाडौं । महोत्तरीको बर्दिबासबाट जनकपुर घुम्न आएका तीन जना बालिका तीन दिनदेखि सम्पर्कविहिन भएका छन् ।

    images
    images
    images

    बर्दिबासका १० देखि १३ वर्ष उमेर समूहका तीन बालिका गएको मंगलबारदेखि सम्पर्कविहिन भएका हुन् । इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले बालिकाहरू सम्पर्कविहिन भएको घटनाको पुष्टि गरे ।

    images

    सम्पर्कविहिन हुनेमा एउटा १० वर्ष र बाँकी २ जना १३/१३ वर्षका बालिका रहेका छन् । उनीहरू बर्दिबासको देउराली मावि र ग्लोबल एकेडेमीमा पढ्थे ।

    बर्दिबास-१ का वडाध्यक्ष भोला खड्काले हराएका बालिकाको विषयमा थप बुझ्ने काम आफूले पनि गरिरहेको जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij