
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष 'प्रचण्ड' ले नेकपा का अध्यक्ष माधवकुमार नेपाल वर्तमान समीकरणभन्दा बाहिर नजाने दाबी गरेका छन् । आज बिहान विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै आफूसँग भएको कुराकानीअनुसार नेपाल समीकरणभन्दा बाहिर नजाने बताएको स्पष्ट गरेका हुन् ।
उनले भने, 'माधवजी अलि पहिलेदेखि नै उता पनि यता पनि दुवैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरणभन्दा बाहिर छैन र हुन्न भन्ने कुरामा क्लियर गर्नुभएको छ ।'
प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशमा पनि समीकरण भाँड्न बाहिर कोही नजाने दाबी गरेका छन् ।
बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएपछि सत्ता समीकरण तरंगित बनेको छ । देउवाले मधेश प्रदेशमा एकीकृत समाजवादीलाई साथमा लिएर जसपा नेपाल र लोसपासहितको सरकार बनाउने प्रयास थालेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij