Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

४० बुँदे माग सम्बोधन नभएको भन्दै राप्रपाले प्रदर्शन गर्ने

४० बुँदे माग सम्बोधन नभएको भन्दै राप्रपाले प्रदर्शन गर्ने

  • काठमाडौं । राप्रपाले दबावमुलक प्रदर्शन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको सोमबार सकिएको बैठकले ४० बुँदे माग अहिलेसम्म सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

    images
    images
    images

    सुशासन, विकास र सेवाप्रवाहसँग सम्बिधत माग तत्काल सम्बोधन गर्न र दीर्घकालीन माग र मुद्दाहरुमा सबै दलहरुबीच नविन समझदारी निर्माणका लागि पहल गर्न ध्यानाकर्षण गराउने निर्णय भएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

    साथै माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । आन्दोलनको स्वरुप निर्धारण गर्ने जिम्मेवारी आन्दोलन परिचालन समितिलाई दिएको छ । बैठकले भ्रष्टाचार, जनजीविका र समसामयिक विषयमा दबावमुलक प्रर्दशन गर्ने समेत निर्णय गरेको अध्यक्ष लिङ्देनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij