Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

साइकलमा मकवानपुरगढीबाट गोर्खा दरबार

साइकलमा मकवानपुरगढीबाट गोर्खा दरबार

  • काठमाडौं । मकवानपुरको मकवानपुरगढीबाट गोर्खा दरबारसम्म साइकल यात्रा सुरु गरिएको छ । हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा २५६७ औं बुद्धजयन्तीको अवसरमा दुईदिने साइकलयात्रा थालेको हो।

    images
    images
    images

    मकवानपुरगढी गाउँपालिका वडा नं. २ को समन्वयमा आन्तरिक पर्यटन प्रवर्द्धधनका लागि ऐतिहासिक मकवानपुरगढीदेखि गोरखा दरबारसम्म साइकलयात्रा थालिएको हो । साइकलयात्रामा १२ जना सहभागी भएको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । मकवानपुरगढीबाट सुरु भएको साइकलयात्रा शुक्रबार साँझ गोरखा दरबार पुगेर समापन गरिने छ। 

    images

    साइकलयात्रामा ६० वर्ष उमेर नाघेका ४ जना, ५० वर्ष उमेर पार गरेका ४ जना, ४० वर्ष र ३० वर्ष उमेर पार गरेका २/२ जनाले सहभागिता जनाउनुभएको छ । 

    हिमालयन राइडर्स सोसाइटीले यसअघि चीनसँगको सीमाक्षेत्र रसुवागढीदेखि भारतको सीमाक्षेत्र ठोरीसम्म १० जनाको साइकलयात्रा गरेको थियो भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म १३ जनाको समूहले साइकलयात्रा गरिसकेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij