Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

विद्यार्थी लिएर रारा गएको जीप दुर्घटना

विद्यार्थी लिएर रारा गएको जीप दुर्घटना

  • काठमाडौं । बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

    images
    images
    images

    बाजुरास्थित कोल्टीमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन ल्याउँदै गरेको ग१ज ८२४९ नम्बरको जिप मुगु खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो ।

    images

    दुर्घनामा नौजना विद्यार्थी, दुई शिक्षक र एक जना चालक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये चालकबाहेक सबैको अवस्था सामान्य छ ।

    घाइते चालक तथा जिप मालिक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप सडकबाट २५ मिटर तल खसेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij