Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडी छनौटको लागि २८ खेलाडीको प्रारम्भिक टिम घोषणा गरेको छ । आगामी जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा महिला एसिया कप हुदै छ ।
प्रारम्भिक टिममा इन्दु बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र क्लोज क्याम्पबाट अन्तिम टिम छानिने क्यानले जनाएको छ ।
क्लोज क्याम्पका लागि छानिएका खेलाडीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, काजोल श्रेष्ठ, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोडार, खुशी डंगोल, लक्ष्मी साउद, अलिशा खदिया, अप्सरा बेगम, करुणा भण्डारी, अश्मिना कर्माचार्य, संगीता राई, आरति महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन, हेलिशा गुरुङ रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij