Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव हेमराज खरेलले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार खनाल चार वर्षका लागि बैंकको सीईओमा नियुक्त भएका हुन् । खनाल यसअघि डेपुटी सीईओकाे जिम्मेवारीमा थिए । वि.सं २०६४ भदौमा बैंकमा आवद्ध भएका खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् ।

    सीईओका लागि २० जनाले आवेदन दिएका थिए । जसमध्येबाट पाँच जनाको नाम ‘सर्टलिस्ट’ मा राखेको थियो । सर्ट लिस्टमा पर्नेहरूमा खनालसहित कृष्णबहादुर अधिकारी, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी थिए ।

    बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएपछि पद रिक्त भएको थियो । श्रेष्ठ बाहिरिएपछि खनालले कामु सीईओको जिम्मेवारी समेत पाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij