Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

गणतन्त्र दिवसको अवसरमा भक्तपुरमा बुद्धिचाल प्रतियोगिता हुने

गणतन्त्र दिवसको अवसरमा भक्तपुरमा बुद्धिचाल प्रतियोगिता हुने

  • काठमाडौं । भक्तपुरमा नेपाल इको प्यानल गोपाल खागी स्मृति फिडे रेटिङ व्रिट्ज चेस प्रतियोगिता हुने भएको छ । गणतन्त्र दिवसको अवसरमा जेठ १५ गते भक्तपुरको देकोचा चाँगुनारायण जाने बस स्टप चोकको भबनमा प्रतियोगिता हुने भएको छ ।

    images
    images
    images

    प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्नका लागि चेसका भेट्रान्स् गणेशमान दुवालको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरिएको छ । प्रतियोगिताका प्रमुख निर्णायक ज्ञानेन्द्र खाइजूका अनुसार प्रतियोगितामा देशविदेशका जसले पनि सहभागिता जनाउन सकिने खुल्ला हो ।

    images

    प्रतियोगितामा सहभागी हुन जेठ १३ गतेसम्मलाई अन्तिम नाम दर्ता गर्ने समय राखेको र ८० जना खेलाडी पुगेपछि सहभागिता दर्ता बन्द गर्ने योजना रहेको उनले सुनाए । प्रतियोगिता स्विस लिगको आधारमा नौ चरणमा खेलाइने उनले जानकारी गराए ।

    प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार, दोश्रोलाई चार हजार, तेश्रोलाई तीन हजार नगद पुरस्कार पनि व्यवस्था गरिएको छ । साथै यी तीनसहित कुल १९ जना विभिन्न समूहलाई गरी कुल ३० हजार नगद बराबरको पुरस्कार वितरण गरिने जनाइएको छ ।

    प्रतियोगिताका प्रायोजक नेपाल इको प्यानलले सामाजिक उतदायित्व अन्तर्गत प्रतियोगिता सञ्चालन गरेको जनाएको छ । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । प्रतियोगिता भक्तपुर जिल्ला बुद्धिचाल संघका पूर्व सल्लाहकार स्वर्गीय गोपाल खागीको स्मृतिमा हुन लागेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij