Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

  •  काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा सिराहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव रहेका छन् । प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई राति १० बजेतिर ग्वार्कोमा पहिचान नभएको गाडीले ठक्कर दिएको थियो ।

    images

    गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उद्धार गरी बी एन्ड बी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव अस्पतालमै छ ।

    सीसीटीभीको भिडियो हेर्दा मोटरसाइकललाई टिपरले ठक्कर दिएकोको जस्तो देखिएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij