काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रामेछाप खाँडादेवीका गौरब नेपाली पक्राउ परेका छन् । रोमानिया प्रहरीको समन्वयमा रोमानियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।