
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौँ — उपत्यका प्रसारक मञ्चका अध्यक्ष आरके श्रेष्ठले सञ्चारगृहमा हतियारसहित प्रहरी प्रवेश गर्नु खेदजनक भएको बताएका छन् । बुधबार सेन्ट्रल बिजनेस पार्कमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले हतियारसहित सञ्चारमाध्यम गृहमा प्रवेश गर्नु दु:खद् भएको बताएका हुन् ।
छानबिनका नाममा सञ्चारगृहलाई दु:ख दिन नहुने उनको भनाइ छ । 'छानबिनका क्रममा नीति ऐनमा एकरुपता होस् ।
कैलाश सिरोहियामात्र होइन अन्य उच्चपदस्थ व्यक्तिमाथि पनि त्यस्तै छानबिन होस् । आमसञ्चार गृहमा हतियारधारीको प्रवेश सम्पूर्ण प्रेसलाई संकुचित बनाउने दुष्प्रयास हो,' उनले भने ।
उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij