Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

कामीरिता शेर्पा फेरि सगरमाथाको चुचुरोमा

कामीरिता शेर्पा फेरि सगरमाथाको चुचुरोमा

  • काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पा फेरि सगरमाथाको चुचुरोमा पुगेका छन् । दुई साता नबित्दै दोस्रो पटक सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान बनाएका छन् ।

    images
    images
    images

    सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार शेर्पा आज बिहान ७:४९ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । “कामीरिता शेर्पाले सगरमाथा शिखरमा ३०औँ पटक पाइला टेकेर नयाँ कीर्तिमान कायम गर्नुभएको छ,” गौतमले भने ।

    images

    वसन्त यामको जारी आरोहणमा शेर्पा दोस्रो पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्। यसअघि गत वैशाख ३० मा सगरमाथाको चुचुरोमा पुगेर २९ पटक आरोहणको कीर्तिमान बनाएका थिए । आज फेरि सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेका हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij