Logo

May 18 2025 | २०८२, जेठ ४ गते

May 18 2025 | २०८२, जेठ ४ गते

लोकसेवा सदन गौरीगञ्जको जग्गा नेपाल सरकारको स्वामित्वमा

लोकसेवा सदन गौरीगञ्जको जग्गा नेपाल सरकारको स्वामित्वमा

  • काठमाडौं ।  झापाको वर्षौंदेखि निष्क्रिय रहेको एक सामाजिक संस्थाको नाममा रहेको करोडौं मूल्यको जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ । ४३ वर्षदेखि निष्क्रिय रहेको लोकसेवा सदन गौरीगञ्जको ११ बिघा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

    images
    images
    images

    झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार अलपत्र रहेको अवस्थामा रहेको जग्गा बिक्री वितरण गर्ने प्रयास भइरहेको थाहा पाएपछि यस विषयमा बारम्बार छलफल हुँदै आएको थियो ।

    images

    गौरीगञ्ज गाँउपालिकाको वडा नं. २, ३ र ४ मा रहेको जग्गा वि.सं २०३८ मा जग्गादाता भीमप्रसाद चौधरीले बुबा लोकनाथ चौधरीको स्मृतिमा लोकसेवा सदन नामक संस्थालाई राजिनामा पास गरिदिनुभएको थियो ।

    वि.सं.२०३८ सालमा जग्गा प्रदान गरेको अभिलेखमा देखिएको तर २०५९ मा लोकसेवा सदन नामक संस्था दर्ता गरेर उक्त संस्थाको नाममा जग्गा दाबी गरिएको देखिएको प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताउनुभयो ।

    नक्कली संस्था खडा गरेर जग्गा हडप्ने नियत देखिएकाले यस विषयमा गाँउपालिका समेतको सक्रियतामा जग्गा सरकारीकरण गरिएको बाँस्तोलाको भनाइ छ । गत जेठ ४ गते मालपोत कार्यालय दमकले उक्त जग्गा सरकारीकरण गरेको हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij