
May 18 2025 | २०८२, जेठ ४ गते
काठमाडौं । केटा होस् वा केटी, सबैलाई आजकल चलनअनुसार रहन मन पर्छ । तर, विशेषगरी युवतीहरुमा भने यो कुरालाई लिएर फरक क्रेज देखिन्छ ।
केटीहरू आफ्नो कपालदेखि नङसम्म सबै कुराको ख्याल राख्छन् । राम्रो देखिनको लागि अनुहारको सौन्दर्य मात्रै होइन, अन्य कुराले पनि धेरै महत्व राख्छ ।
नङको सौन्दर्य बढाउन अधिकांश केटीहरू नेल पाेलिसकाे सहारा लिने गर्छन् । लगभग हरेक केटीले नेल पाेलिस लगाउन मन पराउँछन् । यदि तपाइँ पनि ती व्यक्तिहरू मध्ये हुनुहुन्छ भने, नङलाई सुन्दर बनाउने नेल पाेलिसकाे हानिकारक प्रभावहरू बारे पक्कै जान्नुपर्छ
अधिकांश केटीहरू नेल पालिस लगाउन रुचाउँछन् । तर, नेल पालिसको अत्याधिक प्रयोग तपाईको नङका लागि धेरै हानिकारक हुन सक्छ । वास्तवमा, नेल पालिसको निरन्तर प्रयोगले नङ कमजोर बनाउँछ र उनीहरूको प्राकृतिक चमकलाइ पनि नाेक्सान पार्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij